संगठनमा बैचारीक अभावलाई पुरा गर्ने मेरो प्रयास रहनेछ– के.सी.

नेपाली काँग्रेसको आसन्न १३ औ महाधिवेशनमा खेमराज केसीले महाअधिवेशन प्रतिनिधिको रुपमा उम्मेदवारी दिनुभएको छ , त्यसैै सन्र्दभमा धमाका दैनिकले गरेको
कुराकानीको अंश ः तपाईको औपचारीक राजनीति सुरुवात कहिलेबाट भयो ?

२०३२ सालमा नेपाल विद्यार्थी संघमा प्रवेशबाट राजनीती प्रारम्भ भएको हो । त्यस बेला चेतनशिल युवा जो कलेज विश्वविद्यालयमा अध्ययनरत रहन्थे ।  बैचारिक हिसावमा म प्रजातन्त्रको दर्शनबाट आत्म साथ गरेर लागे । मेरो सुरुवात त्यतीवेलाबाटै हो ।
नेपाली काँग्रेसमा तपाईले भोगेका दुःखहरु के के हुन् ?
त्यस बेला कांग्रेस विचार राख्नेहरुलाई      अराष्ट्रिय तत्व भनिन्थ्यो ।  हामी माथी प्रहरी प्रशासनको कडा निगरानी               भइराख्थ्यो । पृथ्वीनारायण क्याम्पस      पोखरामा  अध्ययनरत रहदाँ र त्यहाँको युनियनको निर्वाचनमा  रिसिकेष तिवारी अध्यक्ष (जो हाल नेपाली कांग्रस केन्द्रिय कार्यलयमा सचिव छन् । ) म सचिवमा लडेको हो, हामीले राजनीति स्वतन्त्रताका लागी त्यसै क्याम्पसमा आन्दोलन ग¥यौ । क्याम्पस चिफ जर्जजोन हुनुहुन्थ्यो ।         हामी लाई भैरहवा देखी मंण्डले गुण्डा ल्याई छात्रावासमा आक्रमण भयो । हामी घाईते भयांै । अस्पतालमा उपचारबाट फर्किए पछि अनिश्चित कलेज बन्द भयो । त्यती मात्र हैन २०३५ सालमा विपी पोखरा आगमन हुदाँ स्वागतका लागी हामी पुग्दा प्रहरीले    गिरफ्तार गरि, लगेर मरणासन्न हुने गरि बुटले गोदे । एक हप्ता पछि मात्र छोडे  तर वि.पी चढेको विमान मण्डलेहरुले बस्न दिएनन् । २०४२ सालमा कृतिपुर अध्ययनरत रहदाँ सत्याग्रहमा मेरा मित्र युवराज खाती,      दलविर सिंह राजपुत सैगै गिरफ्तारी दिएँ,।
२०३६मा दैलेख टुडिखेलमा नागरिक भेलागरि भाषण गर्दा बहुदल  प्रचार एवंम राजपरिवार निन्दा गरेको भनि हिरासतम राखी मुद्धा तयार पारीया , मैले अधिकृत परिक्षा लिखित पास गरेपछि अन्तरवार्तामा प्रहरी प्रतिवेदनबाट फेल गरियो । शिक्षक पेशामा स्थायी सेवा प्रवेशमा काँग्रेस भनी रोक लगाइएको थियो । २०४६ को जनआन्दोलनको क्रममा नेपालगंजमा गिरफ्तारी पटक – पटक       गरि करिब २ महिना जती मैले हिरासतमा प्रहरीको यातना भोगेको छु । यस्ता धेरै समस्याहरु भोग्दै नेपाली काँग्रेसको जग बलियो बनाउँदै अहिलेसम्म ईमान्दारी र वफादार भएर काम गरेको छु ।
महाधिवेशन प्रतिनिधीमा उठ्दै हुनुहुन्छ । आम शुभेच्छुकहरुलाई   के भन्नु हुन्छु ?
नेपाली काँग्रेसमा ७४ र ३६ को विभाजनको विचलन पछि पार्टी दुई हुदा म नेपाल शिक्षक संघको अध्यक्ष भएर कहिले साथीहरुमा विभाजीत हुन दिइन । दुवै      पार्टी लाई एक बनाउन कसरत रह्यो । जसरी मैले २०४८ को आम निर्वाचनमा एक ढिक्का भएर पार्टीको कार्यवाह सभापति भएर दुवै क्षेत्र जिताउन सफल भएँ, र त्यसरी नै मेरो सबैलाई एकै ठाउँमा राखेर संस्थागत विकास गर्ने, जिल्लाका विभिन्न तहमा काँग्रेसको स्थान सुनिश्चीत गर्न गर्नुपर्ने कार्यहरु मेरो मुल मर्म  हुनेछ ।
साथीहरुको समस्या समाधान गर्न मेरो प्रथम कतब्य हुने छ । भातृ संगठन शुभेच्छुक संगठन, संगठनमा बैचारीक अभाव लाई पुरा गर्ने मेरो प्रयास रहनेछ ।
नेपाली काँग्रेस पार्टी भित्र देखिने समस्या समाधानका लागी के गर्नु पर्छ ?
बिवादको जड पहिलाएर साथीहरुमा क्रिया अन्तरक्रियाबाटै समाधान गर्नेपर्छ ।  स्थानको सुनिश्चित , एक मान्छे एउटा पोष्ट, ( one man one post ) र क्षमता त्याग, सक्रियतामा एवं अनुभवको मुल्याङकन गरेर स्थान दिनमा प्रयासरत    रहनेछु ।
तपाई जस्ता विज्ञ मानिसहरु राजनीति क्षेत्रमा आउनु अहिलेको आवश्यकता हो । यसलाई तपाई कसरी लिनुहुनछ ?
निकै राम्रो प्रश्न गर्नुभयो,   (Time change mind change)  समयको परिवर्तन संगै दिमागको पनि      परिवर्तन, समय संगै सँस्कृति, राजनीतिक संस्कार, र सोचाईमा फरक हुन्छ । यसर्थ यस समयको चाहाना हो , नयाँ विचार र पार्टी जिवन्त राख्न आवश्यक छ ।
अन्त्यमा १३ औ महाभिवेशन प्रतिनीधिलाई के भन्नु हुन्छ ?
आजको आवश्यकता अनुसार सम्पूर्ण साथीहरुमा आफ्नो अन्तरआत्माले योग्य, त्यागी, सक्रिय र कुशल नेतृत्व चयनका लागि गहन भूमीका निभाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।
जय नेपाल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार